भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
सोमबार, १२ फागुन २०८१, १६ : ५२
काठमाडौँ । फागुन ३ गते पोखरा भ्रमण वर्ष उदघाटन कार्यक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट हुँदा जलेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते भएका थिए ।
भियतनाममा पनि केही दिन अघि यस्तै प्रकारको एउटा घटना भएको छ । उक्त घटना सरकारी स्तरको कार्यक्रममा नभएर एक युवतीले आफ्नो जन्मदिन मनाउने क्रममा भएको हो ।
उक्त दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । हनोइमा भएको भनिएको सो घटनामा युवतीले केकमा बालिएको मैनबत्ती फुक्ना साथ हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट भएको भिडियोमा देखिन्छ ।
ती युवतीले एउटा रेस्टुरेन्टमा जन्मदिनको कार्यक्रम आयोजना गरेकी थिइन् । रेस्टुरेन्टमा हाइड्रोजन ग्यास भरिएका बेलुनले सजाइएको थियो । सोही क्रममा मैनबत्तीको नजिकै आइपुगेको एउटा बेलुन पड्कियो र आगोको मुस्लोले ती युवती घाइते भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण