सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
सोमबार, १२ फागुन २०८१, १८ : १५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१’ माथिको छलफलका क्रममा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको अन्तरसम्बन्धलाई अझै स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याए ।
“सशस्त्र प्रहरीको बढुवाको पहिलो आधार ज्येष्ठता नै बनाउनुपर्छ । कार्यसम्पादन मूल्याङकनलाई बढुवाको पहिलो आधार बनाउँदा चलखेलको आशङ्का हुन्छ”, सांसद पाण्डेले भने ।
सांसद पाण्डेले ‘चेन अफ कमाण्ड’मा विधेयक फितलो देखिएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयमा फेरि बोल्न बाध्य बनायो
-
उपप्रधानमन्त्री सिंहद्वारा धोबीखोला अनुगमन
-
महिला भलिबलमा सुदूरपश्चिमबाट उदाउँदै गरेका संगीता र सरिता
-
उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठकले के गर्यो निर्णय ?
-
प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
-
सङ्घीय निजामती सेवा विधेयक असार १५ गते अघि संसद्मा प्रस्तुत नहुने