कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
विराटनगर । कोशी प्रदेशसभामा गत माघ १३ गते पेस भएको ‘प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पर्याप्त छलफल बिना नै पारित भएको छ ।
प्रदेशसभामा पेस भएको उक्त विधेयकको विषयमा सोही दिन सत्तापक्षका चार जना सांसदले सैद्धान्तिक छलफलमा भाग लिए । जसमा एमालेकी सचेतक कमला दर्नाल, सांसद रामदेव यादव, छविलाल चुँडाल र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले सैद्धान्तिक छलफलमा भाग लिएका थिए । तर, विपक्षी दलका तर्फबाट कोही पनि सांसदले उक्त विधेयक माथिको छलफलमा भाग लिएनन् ।
सभामुखसहित ९३ सदस्यीय प्रदेशसभामा कानुन निर्माणको मुख्य भूमिकाका लागि सांसदहरु निर्वाचित भएका हुन् । तर, उनीहरूले विधेयकको दफावार छलफलमा सहभागी हुन समेत चासो देखाएनन् । उक्त विधेयक माथि संशोधन प्रस्ताव दर्ता गराउन सभामुखले गत माघ १४ गते ७२ घण्टाको समय दिएका थिए । उक्त समयमा विधेयकमाथि कुनै संशोधन प्रस्ताव दर्ता भएन ।
प्रदेशसभाको सोमबार (फागुन १२)को बैठकमा सभामुख अम्बरबहादुर विष्टले दिइएको समयमा विधेयक माथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको भन्दै दफावार छलफलको लागि प्रस्ताव पेस गर्न उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामलाई समय दिए ।
उनले राखेको प्रस्ताव पारित भए पनि दफावार छलफलको लागि कुनै पनि सांसद छलफलका लागि तयार नभएको सभामुख विष्टले जानकारी दिए ।
त्यसपछि सभामुख विष्टले उक्त विधेयकलाई निर्णयार्थ पेस गरे । ‘विधेयक माथिको दफावार छलफलमा भाग लिने माननीय सदस्यको नाम प्राप्त नभएको ब्यहोरा जानकारी गराउँछु,’ सभामुख विष्टले भने । त्यसपछि उनले विधेयकलाई निर्णयार्थ पेस गरे र विधेयक पारित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण