इराकको जनसङ्ख्या ४ करोड ६१ लाख
मङ्गलबार, १३ फागुन २०८१, १५ : ०६
बगदाद । इराकमा ४० वर्षपछि पहिलो पटक आधिकारिक जनगणना भएको छ । जनगणना अनुसार इराकको जनसङ्ख्या ४ करोड ६१ लाख छ ।
२००९ मा जारी भएको अनुमानित जनसङ्ख्याको तुलनामा यो १ करोड ४५ लाखभन्दा बढी हो । जनगणनालाई इराकी अधिकारीहरूले कोसेढुंगा भनेका छन् । यसले भविष्यमा हुने योजना र संसाधन वितरणमा आवश्यक डेटा उपलब्ध गराउने उनीहरूको भनाइ छ ।
जनगाण्नाले सरकारले देशको अवस्था सुधार्न प्रतिबद्ध छ भन्ने देखाएको इराकका योजना मन्त्री मोहमद तमिमले नतिजा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा भनेका थिए । गएको कयौँ दशकयता इराक युद्ध, आतंकवादी हमला र राजनीतिक अस्थिरतासँग जुधिरहेको थियो । यस कारणले सरकारले राम्रोसँग जनगणना गराउने अवसर पाएन । पछिल्लो समय स्थिति केही साम्य बनेपछि सरकारले जनगणना गरेको हो । ७० दशमलव २ प्रतिशत जनता सहरमा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण