क्यानडाले रुसी तेल ट्याङ्कर र जहाजहरूमा लगायो नयाँ प्रतिबन्ध
टोरन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्टमार्फत उनले यो प्रतिबन्धको घोषणा गरेका हुन् ।
‘रुसले तेलबाट कमाएको पैसाले युक्रेनमा आफ्नो युद्धलाई आर्थिक सहयोग गरिरहेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न रुसले अवैध रूपमा जहाजहरू मार्फत विश्वभर आफ्नो तेल ढुवानी गरिरहेको छ ।’ पोस्टमा ट्रुडोले लेखेका छन् । आफूले किभमा रहेका १०९ रुसी तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्धहरूको घोषणा गरेको पोस्टमा उनले भनेका छन् ।
‘स्थायी शान्तिको लडाई एक्लै जित्न सकिँदैन । त्यसैले हामी यहाँ (युक्रेन) छौँ । मैले कीभमा राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेँ र भनेँ कि क्यानडा सधैँ युक्रेनको साथमा उभिनेछ ।’ हालै किभ भ्रमणमा गएको सन्दर्भमा उनले भनेका थिए । युक्रेनमा शान्ति स्थापना गर्न र सार्वभौमसत्ता कायम राख्न क्यानडाबाट नयाँ सैन्य सहयोग प्रदान गर्ने बारेमा कुरा गरेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण