गाजामा चिसोका कारण दुई हप्तामा छ बालबालिकाको मृत्यु
रफाह । चिसो मौसम, उपर्युक्त आश्रयको अभाव र ताप नहुँदा गएको दुई हप्तामा गाजामा कम्तीमा छ बालबालिकाको मृत्यु भएको छ । प्यालेस्टिनी डाक्टर र स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन् ।
गाजाको उत्तरमा रहेको पेशेन्ट्स फ्रेन्ड्स बेनेभोलेन्ट सोसाइटी (पीएफबीएस)अस्पतालका डाक्टरहरूले चिसोबाट बिरामी परेका नौ नवजात शिशुहरूलाई भर्ना गरिएको बताएका छन् ।
यीमध्ये छ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दक्षिणी सहर खान युनिस नजिकै रातभरि चिसोको कारणले गर्दा दुई महिनाकी बालिकाको मृत्यु भएको एउटा परिवारले बताएको छ ।
पीएफबीएस अस्पतालले पाल र अस्थायी आश्रय स्थलमा बसोबास गर्ने अनुमानित ९ लाख ४५ हजार विस्थापित प्यालेस्टिनीहरूको अवस्था सुधार गर्न कारभान (कार बोक्ने ठुला सवारी साधन) र इन्धनको तत्काल आपूर्तिको लागि माग गरेको थियो ।
पाँच हप्ता अघि सुरु भएको युद्धविरामको क्रममा इजरायलले सहमति भएको मात्रामा पाल र अन्य आश्रय सामग्रीहरू नपुर्याएको आरोप हमासले लगाएको छ ।
तर, हमासको यो आरोपलाई इजरायलले अस्वीकार गरेको छ । इजरायल र हमास बीचको १६ महिने युद्धको क्रममा गाजाको अधिकांश जनसंख्या विस्थापित भएका छन् । गाजाको जनसंख्या २१ लाख थियो । युद्धमा यस क्षेत्रका लगभग ७० प्रतिशत भवनहरू ध्वस्त भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण