भुसालको संयोजकत्वमा आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन
_wU2hGUH0ME.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आन्दोलनको विस्तृत कार्य योजना बनाउन कार्यदल गठन गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बुधवार बसेको नेकपा समाजवादीको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाउने निर्णय गरेको हो ।
कार्यदलमा महासचिव भुसालका साथै मेटमणि चौधरी, रामकुमार भट्टराई, शेर बहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री रहेका छन् । कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्य योजना बनाउन जिम्मेवारी दिइएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्ताबेज, सङ्गठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको उनले बताए ।
बैठकले पार्टीलाई एकताबद्ध भएर अघि बढाउने निर्णय गर्दै केन्द्रीय कमिटीका निर्णयहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति
-
प्रचण्डलक्षित सूर्य थापाको टिप्पणी, ‘सरकार ढल्ने वक्तव्यबाजीले ध्वनि प्रदूषण मात्रै बढ्यो’
-
बिचौलिया र भ्रष्टाचारीहरू अहिले मस्त निदाइरहेका छन् : सांसद शाही
-
चिनियाँ सामान माथिको ट्यारिफ घटाउँछु : ट्रम्प
-
‘बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकार तीनकुने घटनामा मौन’
-
भारतद्वारा पाकिस्तानबाट आयात हुने बिरे नुनको अर्डर रद्द