अपराध
३ केजी ४७५ ग्राम सुनसहित विमानस्थलबाट ४ जना पक्राउ
बिहीबार, १५ फागुन २०८१, ११ : ००
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए ।
आरोपीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको छ । पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर तुर्सुनोभ छन् । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण