प्रधानन्यायाधीश पनि ट्रम्पकै पक्षमा, विदेश सहयोग रोक्का जारी राख्न दिए अनुमति
वासिङ्टन डीसी । अमेरिकाका प्रधानन्यायाधीश जोन जी. रोबट्र्स जुनियरले ट्रम्प प्रशासनका लागि ठुलो फैसला सुनाएको छ । अमेरिकी विदेश सहयोग नियोग यूएसएड र विदेश मन्त्रालयले पहिला नै पूरा भइसकेको सहायता कामका लागि तत्कालै डेढ अर्ब डलरभन्दा बढी तिर्नु पर्ने फैसला उनले गरेका छन् ।
यो फैसला बुधबार राति आएको हो । सङ्घीय अदालतका एक न्यायाधीशले पहिले पूरा भइसकेको कामका लागि मध्यरातिसम्ममा पैसा भुक्तानी गर्न ट्रम्प प्रशासनलाई आदेश दिएका थिए ।
तत्कालै यो फैसला विरुद्ध ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा रिट हालेको थियो । यसको सुनुवाइ गर्ने क्रममा प्रधानन्यायाधीशले सङ्घीय अदालतको निर्णयमा ‘प्रशासनिक रोक’ लगाउँदै विदेशी सहायता भुक्तानीमा रोक लगाउने प्रशासनको निर्णयमा यथावत् राखेका छन् ।
न्यायाधीशले आफ्नो अधिकार क्षेत्र बाहिर गएर फैसला सुनाएको र राष्ट्रपतिको विदेशी सहायतामाथि उचित निर्णय लिने कर्तव्यमा हस्तक्षेप गरेको प्रधानन्यायाधीश रोबर्टले फैसलामा भनेका थिए ।
यो मामलामा अन्तिम आदेश नआउञ्जेलसम्मका लागि तत्काल पूरा भइसकेका कामका लागि डेढ अर्ब डलरभन्दा बढी तिर्नु नपर्ने गरी फैसला गरेको भन्दै एक समाचारमा द न्यूयोर्क टाइम्सले लेखेको छ । ट्रम्प प्रशासनको अपिलको विरोधमा उभिएको पक्षलाई उनले शुक्रबारसम्म आफ्नो जवाफ दिन आदेश दिएका छन् ।
बुधबार मात्रै ट्रम्प प्रशासनका वकिलहरूले राष्ट्रपतिको निर्देशनको पालना गर्दै यूएसएड र विदेश मन्त्रालयका करिब १० हजार कर्मचारीको करार र अनुदान समाप्त गरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण