भेनेजुएलालाई ट्रम्पको झट्का, काटे वित्तीय लाइफलाइन
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलालाई दिँदै आएको वित्तीय लाइफलाइन काटेका छन् । यो हप्तादेखि लागू हुने गरी ट्रम्पले भेनेजुएलाबाट तेल निकाल्न र निर्यात गर्न घरेलु शेभर्न कपोरेशनलाई दिँदै आएको अनुमति अन्त्य गरेका हुन् । योसँगै भेनेलुएलाको लागि वित्तीय लाइफलाइन बन्दै आएको यो अनुमति सकिएको छ ।
सामाजिक सञ्जाल सोशल टु«थमा एउटा पोष्टमा ट्रम्पले भेनेजुएली राष्ट्रपति निकोलस मादुरोको सरकारले गत वर्ष जुलाईमा भएको राष्ट्रपति चुनावको लागि लोकतान्त्रिक सर्तहरू पूरा नगरेको र अमेरिकाबाट डिपोर्ट गर्न भने ठिक्क पारेर राखिएका भेनेजुएली आप्रवासीहरूलाई फिर्ता लिन पर्याप्त हतारका साथमा कदम नचालेको आरोप लगाए । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई तेल लेनदेन सम्झौतामा पूर्वराष्ट्रपति जो बाइडेनले दिएका सहुलियतहरू आफूले फिर्ता लिन लागेको पोष्टमा उनले भनेका छन् ।
ट्रम्पको पोस्टमा क्यालिफोर्नियास्थित शेभर्नको नाम किटान गरिएको छैन । अनुमति नै उल्लेख गरिएको छैन । तर यतिबेला अमेरिकाले भेनेजुएलाबाट तेल निकाल्न र ती तेल निर्यात गर्न दिएको अनुमति यो एउटा मात्रै छ । त्यसैले सञ्चार माध्यमहरूले यसलाई उद्धृत गर्दै समाचार छापेका छन् ।
जो बाइडेनको प्रशासनले २०२२ मा भेनेजुएलाको राजनीतिक विपक्षीसँग लोकतान्त्रिक चुनाव गराउन काम गर्न सहमत भएपछि सो अनुमति दिएको थियो । तर जुलाई २०२४ मा हुने तय भएको चुनाव निष्पक्ष रह्यो न स्वतन्त्र नै । उनका प्रतिद्वन्द्वीले बढी मत प्राप्त गरेको विश्वसनीय प्रमाण सार्वजनिक भएपनि मादुरोले गत महिना तेस्रो ६ वर्षे कार्यकालको लागि शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण