इन्डियन प्रिमियर लिग क्रिकेट : इङ्ल्यान्डका पूर्वकप्तान केभिन पिटर्सन दिल्ली क्यापिटल्सको मेन्टर
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणका लागि दिल्ली क्यापिटल्सले इङ्ल्यान्डका पूर्वकप्तान केभिन पिटर्सनलाई आफ्नो मेन्टरका रुपमा नियुक्त गरेको छ ।
४४ वर्षीय पिटर्सनले अब दिल्ली क्यापिटल्सका प्रमुख प्रशिक्षक हेमांग बदानी, सहायक प्रशिक्षक म्याथ्यू मट, बलिङ प्रशिक्षक मुनाफ पटेल र क्रिकेट निर्देशक भेनुगोपाल रावसँग मिलेर काम गर्नेछन् ।
दिल्ली क्यापिटल्सले आगामी सिजनको आईपीएलका लागि पिटर्सनलाई मेन्टरका रुपमा नियुक्त गरेको जानकारी सामाजिक सञ्जालमार्फत बिहीबार सार्वजनिक गरेको हो । पिटर्सनले आईपीएलको प्रशिक्षण टोलीमा रहेर काम गर्ने अवसर पाएको यो पहिलो पटक हो ।
यसअघि, उनी खेलाडीको भूमिकामा आईपीएलमा सहभागी भइसकेका छन् । उनले सन् २००९ देखि तीनवटा क्लबबाट पाँच सिजन आईपीएल खेलेका छन् । उनले दिल्ली डेयरडेभिल्सबाट पनि आईपीएल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण