अस्ट्रेलियामा बढ्यो गर्मी, जनजीवन र अर्थतन्त्रमा असर

काठमाडौँ । अस्ट्रेलियामा अत्यधिक गर्मी बढ्न थालेसँगै जनजीवनमा प्रत्यक्ष असर परेको छ ।
धेरै सहरी क्षेत्रहरूका स्थानीयले अत्यधिक गर्मीको सामना गरिरहेका छन् । जलवायु परिषद्द्वारा प्रकाशन गरिएको अस्ट्रेलियाको तापक्रम तथ्यांकअनुसार लगभग एक तिहाइ अस्ट्रेलियाली समुदायहरूले प्रत्येक वर्ष ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम अनुभव गर्ने दिनहरूको सङ्ख्या २०५० सम्ममा दोब्बर हुनसक्नेछ ।
मानिसहरूको स्वास्थ्य, जीविकोपार्जन र अर्थतन्त्रलाई हानि पुर्याउने अत्यधिक गर्मी जलवायु प्रदूषणको सबैभन्दा प्रत्यक्ष परिणामहरू मध्ये एक हो । यो सबैभन्दा हानिकारक मध्ये एक पनि हो ।
१८९० पछि बाढी, आगलागी र अन्य सबै जलवायु–इन्धन प्रकोपहरू भन्दा बढी अस्ट्रेलियालीहरू गर्मीको लहरको परिणामस्वरूप मृत्यु वरण गरिरहेको बताइएको छ ।
शताब्दीको मध्यसम्ममा लगभग ४० लाख जनसंख्या भएको पश्चिमी सिड्नीका बासिन्दाहरूले ३५ डिग्री सेल्सियसभन्दा दोब्बर दिनहरू बढी तापक्रममा बिताउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने