कोशी प्रदेशसभा : प्रतिस्थापन विधेयक पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सो विधेयक सभामा पेस गरेका हुन् ।
उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भयो । मन्त्री भण्डारीले प्रदेशमा सङ्कटग्रस्त सहकारी संस्थालाई समिति बनाएर हस्तान्तरण, निजामती कर्मचारी ऐनमा भएको प्रविधि त्रुटिलाई सच्याउन र विपद्का कारण क्षति भएको संरचनालाई पुनर्निर्माण गर्न यो विधेयक आवश्यक रहेको जानकारी दिए ।
कोशी प्रदेशसभाको आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरू विनोद राई, गोविन्द गिरी, गणेशप्रसाद उप्रेति, सपना दर्जी, प्रेमराज थाम्सुङ, गोपालबहादुर विश्वकर्मा, कमलप्रसाद जवेगु र राधाकृष्ण खनालले आ–आफ्ना निर्वाचन क्षेत्रमा रहेका समस्याका बारेमा सदनको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर झण्डै ६ लाख घुससहित नियन्त्रणमा
-
काभ्रेका किसानहरूले कृषिमन्त्रीलाई भने - रासायनिक मल उपलब्ध गराइदिनुस्
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य