भारतीय बजारमा वर्डफ्लू, पर्सामा कुखुराको पैठारीमा पूर्ण रोक
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतमा वर्डफ्लूको प्रकोप फैलिएपछि सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अण्डा आयातमा पूर्ण रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आज सरोकार भएकाहरूसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताए । ‘आन्तरिक बजारमा यस्ता वस्तुको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने र सीमा क्षेत्रमा थप निगरानी बढाउने निर्णय गरिएको छ,’ उनले भने ।
बैठकले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, पर्साका प्रमुख डा राजकुमार शाहको संयोजकत्वमा ‘र्यापिड एक्सन टिम’ गठन गर्ने निर्णय गरेको छ । सदस्यमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्णाकुमार कुशवाहा, वीरगन्ज उद्योग वाणिज्य सङ्घका शिवानी कलवार, नेपाल प्रहरीका, सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि र नेपाल लेयर्स कुखुरापालक सङ्घका प्रतिनिधि रहने गरी टोली गठन गरिएको हो ।
सो टोलीलाई सोमबारबाट अनुगमन सुरु गर्ने र त्यसक्रममा प्राप्त वस्तुस्थितिका आधारमा सम्बन्धित पक्षलाई कारबाही र त्यसको प्रचारप्रसार गर्ने प्रकाशन तथा प्रसारण गर्ने कार्यादेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण