रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
काठमाडौँ । ला लिगामा बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति सकिएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।
१७ औँ मिनेटमै एर्टिज एलिसटुन्डोले रातोकार्ड खाँदै मैदान छाड्नुपरेपछि रियल सोसिडाड खेल अवधिभर दबाबमा रह्यो। २५ औं मिनेटमा जेरार्ड मार्टिनले बार्सिलोनाका लागि अग्रता दिलाएका थिए। त्यस्तै मार्क कासाडोले २९ औं मिनेटमा गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० गोलअन्तरले अगाडि रहिसकेको थियो।
दोस्रो हाफमा ५६ औं र ६० औं मिनेटमा क्रमशः रोनाल्ड अराउहो र रोबर्ट लेवन्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ४० को जित दिलाए । जितसँगै बार्सिलोनाले लिगमा २६ खेलबाट ५७ अंक बनाउँदै शीर्ष स्थान कब्जा गरेको छ। समान खेलबाट एट्लेटिको मड्रिडको ५६ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ५४ अंक छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण