केपी ओली अध्ययन र ज्ञानका भण्डार : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतिपय आलोचकले नपढेको मान्छेका रूपमा चित्रण गर्ने गरेपनि ज्ञानका हिसाबले ओली भण्डार रहेको बताएका छन् । सोमबार ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘अनुशासित विद्रोही जसले समाजलाई बदल्ने प्रयास गरेको छ’, पोखरेलले भने, ‘आफैमा अध्ययन र ज्ञानको भण्डारको मान्छेका रूपमा हामीले केपी शर्मा ओलीलाई लिन सक्छौँ ।’ तर समाजमा ओलीले एउटा नपढेको मान्छेका रूपमा चित्रण गर्ने गरिएको भन्दै नेपालका पढेका मानिसहरूले ओलीको जत्तिको हैसियत नराख्ने बताए । साथै ओली पार्टीलाई विचारमा डोर्याउने सामर्थ्य राख्ने नेता भएको पोखरेलले बताए । झापा विद्रोहमा व्यक्ति हत्याको विरोधमा असहमति राख्ने हैसियतको नेता ओली भएको भन्दै पोखरेलले मदन भण्डारीको जवजको मस्यौदाकारका रूपमा समेत ओली रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण