गोप्य सूचना चुहाएपछि मेटामा २० जना कर्मचारी बर्खास्त
क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाले आफ्ना करिब २० जना कर्मचारीलाई कामबाट निकालेको छ । गोप्य सूचना चुहाएकाले ती कर्मचारीलाई बर्खास्त गरिएको भन्दै द भर्जले समाचार छापेको छ ।
‘हामीले कर्मचारीहरूलाई कम्पनी ज्वाइन गर्दाखेरि नै भनेका थियौँ, अनि समय समयमा पनि हामीले सम्झाइरहेका हुन्छौँ कि आन्तरिक सूचना चुहाउन भनेको हाम्रो नीतिको विरुद्धमा छ, उद्देश्य चाहे जे सुकै होस्,’ मेटाको भनाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।
कम्पनीले हालै एउटा छानबिन गरेको अनि यस क्रममा गोप्य सूचना कम्पनीबाहिर चुहाएकोले करिब २० जना कर्मचारीहरूलाई बर्खास्त गरिएको मेटाले भनेको छ । यस्ता अरू पनि कर्मचारी हुन सक्ने कम्पनीको भनाइ छ । यसलाई आफूहरूले गम्भीर रूपमा हेरेको अनि चुहावट भएको थाहा भयो भने भविष्यमा पनि यस्ता कारबाही गरिने बताइएको छ । मेटाको आन्तरिक बैठक र बनाउन लागिएका नयाँ प्रडक्टका योजनासम्बन्धी विवरण चुहिएको अफजाह चलिरहेको समयमा कम्पनीले यो कदम चालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण