‘जनै हराएको बाहुन’मा केकी र मिरुना इन्ट्री
काठमाडौँ । फिल्म ‘जनै हराएको बाहुन’को अभिनेत्रीद्वय केकी अधिकारी र मिरुना मगर भित्रिएका छन् ।
निर्माण युनिटले फिल्मको मुख्य भुमिकामा यी दुवै अभिनेत्री भित्र्याएको हो । फिलमका मुख्य अभिनेताका रूपमा विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् ।
फिल्ममा यी दुई अभिनेत्री ककसकाे जोडी भन्ने विषय खुलाएको छैन । फिल्म आमा र छोराबीचको कथामा निर्माण हुन लागेको हो । आमाको सुखका लागि छोराले गर्ने संघर्ष फिलमको कथा भएको निर्माण युनिटले बताएको छ ।
फिल्म हिमाल न्यौपानेले निर्देशन गर्न लागेका हुन् । न्यौपानेको यो डेब्यु फिल्म हो ।
पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुने, आदित्य फिल्मस् निर्माता रहेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । फिल्ममा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भीएफक्स सुपरभाइजरको रूपमा मयंक निरौला रहेका छन् ।
चैत्रको अन्त्यसम्म छायांकनमा जाने फिल्म आगामी वर्षको हरितालिका तीज (भदौ १० गते) रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण