अस्ट्रेलियाका महान् टेनिस खेलाडी फ्रेडको निधन
काठमाडौँ । सन् १९६० को दशकमा दुईवटा ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने अस्ट्रेलियाका महान् टेनिस खेलाडी फ्रेड स्टोलको निधन भएको छ । उनले ८६ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ ।
आफ्नो समयका प्रभावशाली टेनिस खेलाडी फ्रेडले सन् १९६५ मा फ्रेन्च ओपन र सन् १९६६ मा अर्को ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनको उपाधि जितेका थिए । उनी ६ पटक विभिन्न ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेका थिए ।
फ्रेड तीनपटक विम्बल्डनको फाइनलमा पुगे पनि उपाधि जित्नबाट भने बञ्चित भएका थिए । उनले ग्रान्डस्लाम प्रतियोगितामा १० पटक पुरुष डबल्सतर्फको उपाधि पनि चुमेका थिए । यसका अतिरिक्त उनले सातपटक ग्रान्डस्लाम प्रतियोगितामा मिक्स डबल्सतर्फको उपाधि जितेका थिए ।
‘फ्रेड स्टोलको निधन अस्ट्रेलियन टेनिसका लागि अपूरणीय क्षति हो । हामीले महान् खेलाडी गुमाएका छौँ,’ टेनिस अस्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जब हामी अस्ट्रेलियन टेनिसमा सुनौलो पुस्ताको चर्चा गर्छौँ, त्यतिबेला फ्रेडको नाम अग्रपँक्तिमा आउँछ ।’
टेनिस अस्ट्रेलियाले फ्रेड स्टोलप्रति श्रृद्धाञ्जली पनि अर्पण गरेको छ । टेनिस अस्ट्रेलियाले यी महान् खेलाडीको आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण