टेनिस हस्ती भिक्टोरिया अजारेन्काले किन गरिन् ‘मातृत्व कोष’को प्रशंसा ?
शुक्रबार, २३ फागुन २०८१, ०६ : ००
काठमाडौं । दुई पल्टकी ग्रान्डस्लाम विजेता भिक्टोरिया अजारेन्काले व्यवसायिक महिला टेनिस खेलाडीलाई मध्यनजर गरेर अघि सारिएको ‘मातृत्व कोष’को प्रशंसा गरेकी छन् ।
व्यवसायिक महिला टेनिस खेलाडीका लागि बनाइएको ऐतिहासिक मातृत्व कोषले खेल जीवनमा समेत ठूलो परिवर्तन ल्याउने उनले बताईन् । डब्ल्यूटीए खेलाडीलाई आफ्नो पारिवारिक जीवन सुरु गर्न वा बढाउनका लागि यो वित्तीय सहायता महत्वपूर्ण हुने अजारेन्काको भनाइ छ ।
साउदी अरेबियाको सार्वजनिक सहायता कोषले पूर्ण रुपमा वित्तपोषित, खेलाडीलाई पहिलो पटक आमा–बुवाको समर्थन दिलाएको छ भने जसले आइभीएफ उपचारका लावि समेत अनुदान दिने बताइन्छ ।
डब्ल्यूटीए खेलाडी परिषद प्रतिनिधि समेत रहेकी अजारेन्काले भनेकी छन्, ‘यो जीवनको सबै क्षेत्रमा अति महत्वपूर्ण विषय हो । र, परिवार हुनेहरु सबैले यसमाथिको चर्चा जारी राख्न जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण