प्रधानमन्त्री ओली आज सुर्खेत आउँदै, प्रदेश सभालाई विशेष सम्बोधन गर्ने
शुक्रबार, २३ फागुन २०८१, ०८ : ११
सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउँदै छन्। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा आउन लागेका उनले कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्ने छन्।
सम्बोधनका लागि मुख्यमन्त्री यामलाल कँडेलले यसअघि काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए । बताइए अनुसार बिहान ११ बजे सुर्खेत आइपुग्ने कार्यतालिका रहेको छ। लगत्तै उनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने छन्।
प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार दिउँसो २ बजे बस्ने छ । मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीलाई स्वागत गर्ने छन् भने लगतै विशेष सम्बोधन गर्ने छन्।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार त्यस पश्चात् प्रधानमन्त्री ओलीलाई वीरेन्द्रनगर स्थित प्रादेशिक रंगशालाको अनुगमनमा लिइने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण