इरानलाई चिठी लेखेर ट्रम्पले के भने ?
शुक्रबार, २३ फागुन २०८१, १९ : ३५

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग परमाणु वार्ता गर्न चाहेका छन् । इरानको नेतृत्वलाई चिठी पठाएर उनले यस्तो बताएका हुन् ।
चिठी बिहीबार इरानको शीर्ष नेतृत्वलाई पठाएको बताइएको छ । यसमा उनले इरानसँग आणविक सम्झौताको वार्ता गर्न चाहेको बताएका छन् । उनीहरू वार्ताको टेबलमा आउन सहमत हुनेछन् भन्ने आशा पनि उनले गरेका छन् ।
‘मैले भनेँ कि मलाई आशा छ तपाईं वार्तामा आउनु हुनेछ, किनकि यो इरानको लागि धेरै राम्रो हुनेछ,’ शुक्रबार फक्स नेटवर्क ब्रेडकाष्टसँगको एक अन्तरवार्तामा ट्रम्पले भनेका छन् ।
अर्को उपाय चाँहि उनीहरूले परमाणु हतियार पाउँदै नपाउनु भनेर सुनिश्चित गर्नु भएको पनि उनले बताए । इरानको विदेश मन्त्रालयले चिठीसम्बन्धी ट्रम्पले बताएको कुराप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल