इरानलाई चिठी लेखेर ट्रम्पले के भने ?
शुक्रबार, २३ फागुन २०८१, १९ : ३५
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग परमाणु वार्ता गर्न चाहेका छन् । इरानको नेतृत्वलाई चिठी पठाएर उनले यस्तो बताएका हुन् ।
चिठी बिहीबार इरानको शीर्ष नेतृत्वलाई पठाएको बताइएको छ । यसमा उनले इरानसँग आणविक सम्झौताको वार्ता गर्न चाहेको बताएका छन् । उनीहरू वार्ताको टेबलमा आउन सहमत हुनेछन् भन्ने आशा पनि उनले गरेका छन् ।
‘मैले भनेँ कि मलाई आशा छ तपाईं वार्तामा आउनु हुनेछ, किनकि यो इरानको लागि धेरै राम्रो हुनेछ,’ शुक्रबार फक्स नेटवर्क ब्रेडकाष्टसँगको एक अन्तरवार्तामा ट्रम्पले भनेका छन् ।
अर्को उपाय चाँहि उनीहरूले परमाणु हतियार पाउँदै नपाउनु भनेर सुनिश्चित गर्नु भएको पनि उनले बताए । इरानको विदेश मन्त्रालयले चिठीसम्बन्धी ट्रम्पले बताएको कुराप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण