जेहेन्दार छात्राहरूलाई शैक्षिक सामग्री वितरण
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घसँगको सहकार्यमा देउराली फाउण्डेशनले आफ्नो मातृभूमि सेवा यात्राको १३ औँ शृङ्खला सम्पन्न गरेको छ । जस अनुसार फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा फाउन्डेसनले गरिब तथा जेहेन्दार छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
फाउन्डेसनको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरमामा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्राहरूलाई कापी कलम लगायतका स्टेस्नरी सामग्री वितरण गरिएको थियो ।
११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रम गैरआवासीय नेपाली सङ्घ सँगको सहकार्य स्थानीय संस्था देउराली फाउन्डेसन सँगको सहयोगमा गरिएको हो । देउराली फाउन्डेसनका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माननीय विनोद पहाडी, विद्यालयका प्रधानाध्यापक परशुराम बरालले आ आफ्नो मन्तव्य राखेका थिए ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११ औँ महाधिवेशनबाट निर्वाचित कमिटीका अध्यक्ष डा.बद्रि केसीको बिशेष पहलमा मातृभूमि सेवा यात्राको १३ औँ शृङ्खला सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण