नश्लीय पाखण्डको पर्दाफास गरौँ : रिमाल
काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नश्लीय पाखण्डको पर्दाफास गर्न आवश्यक रहेको बताएका छन् । राजावादीहरूको सक्रियताप्रति असन्तुष्टि जनाउँदै उनले नश्लीय पाखण्डको पर्दाफास गर्न आह्वान गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्– 'यिनीहरू नै थिए त ! अढाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहाँबाट त्यहाँ’ जान नदिने जस्ता “राम-राज्य”का सञ्चालक यिनीहरू नै थिए हैन र ?'
रिमाल थप लेख्छन्– 'अझ त्यसलाई पुरानो कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यस बखतका राजा सहित सिङ्गो वंशलाई 'उनीहरूद्वारा-उनीहरूका लागि-उनीहरूले नै' खरानी बनाएका हैनन् र ? 'एयरपोर्ट जाऔँ-स्वागत गरौँ' भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको 'गोल्डेन डेज'आयो भन्दै ती 'डेज'मा 'गोल्ड'को गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र ? !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण