टोलीका डाक्टरको निधनपछि बार्साको खेल स्थगित
आइतबार, २५ फागुन २०८१, ०८ : ५८

क्याम्प नाउ । टोलीका डाक्टर कार्लेस मिनारो गार्सियाको निधन भएपछि शनिबार तय गरिएको ला लिगा अन्तर्गत बार्सिलोना र ओसासुनाबिचको खेल स्थगित गरिएको छ । खेल सुरु हुनुभन्दा २० अघिमात्र खेल स्थगित गरिएको थियो ।
हान्सी फ्लिकको टोलीले ११ औँ स्थानमा रहेको टोलीविरुद्ध जित हासिल गर्दै शीर्ष स्थानमा अग्रता बनाउने तयारी गरिरहेका बेला समर्थकहरू ओलम्पिक स्टेडियममा पुगिसेका थिए । तर, ठुलो स्क्रिनमा खेल स्थगित गरिएको सूचना प्रकाशित गरिएको थियो ।
‘हाम्रो पहिलो टोलीका डाक्टर कार्लेस मिनारो गार्सियाको निधनको खबर सुनाउँदा हामी निकै दुःखी छौँ,’ क्लबले एक विज्ञप्तिमा भनेको छ, ‘यही कारणले बार्सिलोना र ओसासुनाबिचको खेल अर्को मितिका लागि सारिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित चार ठाउँमा दुर्घटना, चार जनाको मृत्यु
-
कुष्ठरोगसम्बन्धी व्यापक रणनीति बनाउन जरुरी : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
-
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषण : सांसद शाही
-
उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको आरोप
-
नक्कली नोट सहित एक जना पक्राउ