टोलीका डाक्टरको निधनपछि बार्साको खेल स्थगित
आइतबार, २५ फागुन २०८१, ०८ : ५८
क्याम्प नाउ । टोलीका डाक्टर कार्लेस मिनारो गार्सियाको निधन भएपछि शनिबार तय गरिएको ला लिगा अन्तर्गत बार्सिलोना र ओसासुनाबिचको खेल स्थगित गरिएको छ । खेल सुरु हुनुभन्दा २० अघिमात्र खेल स्थगित गरिएको थियो ।
हान्सी फ्लिकको टोलीले ११ औँ स्थानमा रहेको टोलीविरुद्ध जित हासिल गर्दै शीर्ष स्थानमा अग्रता बनाउने तयारी गरिरहेका बेला समर्थकहरू ओलम्पिक स्टेडियममा पुगिसेका थिए । तर, ठुलो स्क्रिनमा खेल स्थगित गरिएको सूचना प्रकाशित गरिएको थियो ।
‘हाम्रो पहिलो टोलीका डाक्टर कार्लेस मिनारो गार्सियाको निधनको खबर सुनाउँदा हामी निकै दुःखी छौँ,’ क्लबले एक विज्ञप्तिमा भनेको छ, ‘यही कारणले बार्सिलोना र ओसासुनाबिचको खेल अर्को मितिका लागि सारिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण