ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
सोमबार, २६ फागुन २०८१, ०२ : २५
काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिड हार्दा रियाल मड्रिड विजयी भएको छ । आइतबार राती एटलेटिको गेटाफेसँग २-१ ले हार्दा रियाल मड्रिडले घरेलु मैदानमा रायो भायकानोलाई २-१ ले नै हरायो ।
रियाल मड्रिडलाई जिताउन केलियन एम्बाप्पे र भिनिसियस जुनियरले एक-एक गोल गरे । भायकानोका पेड्रो जियाजले एक गोल फर्काए । जितसँगै रियाल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ ।
बार्सिलोनाको २६ खेलबाट ५७ अंक छ भने एक खेल बढी खेलेको रियालको पनि समान ५७ अंक भएको छ । रियाल गोल अन्तरले पछि परेको हो । हारसँगै एटलेटिको तेस्रो स्थानमा झरेको छ । उसको २७ खेलबाट ५६ अंक छ ।
यस्तै, आइतबार राती नै भएका खेलमा एथ्लेटिक क्लब र मलोर्काले १-१ को बराबरी खेलेर अंक बाँड्दा रियाल बेटिसले लस पल्मसलाई १-० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण