मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
सोमबार, २६ फागुन २०८१, ०५ : ३५
काठमाडौं । मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री एवं लिबरल पार्टीको नेता चुनिएका छन् । चुनावी दौडमा जित हासिल गर्दै उनले जस्टिन ट्रुडोको ठाउँ लिएका हुन् । उनले आगामी दिनमा प्रधानमन्त्रीको शपथ लिनेछन् । कार्नीले तीन प्रतिस्पर्धीकाबीच चुनावी दौड पार गरे । उनले आउने आम चुनावमा लिबरल्सको नेतृत्व गर्ने छन् ।
चुनाव जितेसँगै कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ एवं सन्देश दिएका छन् । उनले ‘अमेरिकाले सम्मान नदिएसम्म’ अमेरिकी वस्तुमाथि प्रतिशोधात्मक भन्सार शुल्क जारी राख्ने कसम खाएका छन् ।
यसअघि निवर्तमान प्रधानमन्त्री ट्रुडोले भने, ‘हाम्रो छिमेकीसँग अस्तित्वगत खतराको सामना गरिरहनु परेको छ ।’ उनले ट्रम्पले लागू गरेको भन्सार शुल्क र ५१ औं राज्य बनाउने धम्कीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण