सुदूरपश्चिममा माओवादी दलभित्रको विवाद समाधान गर्न सांसदहरू जुटे
धनगढी । सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलभित्र उत्पन्न विवाद समाधान गर्ने प्रयास स्वरूप आइतबार प्रदेश सभा सदस्यहरूले पहिलोपटक सामूहिक छलफल गरेका छन्। संसदीय दलको कार्यालयमा बसेको छलफलमा खगराज भट्टसहितका सबै प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पटक–पटकको निर्देशनपछि दलका नेता मानबहादुर धामीको आह्वानमा सांसदहरू छलफलका लागि जुटेका हुन्। प्रदेश सभा सदस्य रमेश धामीबाहेक सबै सांसदहरूको सहभागिता रहेको छलफलमा दलभित्र देखिएको विवाद समाधान गर्ने विषयमा कुराकानी भएको थियो।
एक सासंदका अनुसार छलफलमा सहमतिमै विवाद हल गर्ने सहमति जुटेको छ। पहिलोपटक छलफलको सुरुवात भएको छ। अब औपचारिक र अनौपचारिक रूपमा निरन्तर संवाद गर्दै समस्याको समाधान निकाल्ने प्रयास हुनेछ। उनले भने।
गत १२ माघ २०८० मा बहुमत प्रदेश सभा सदस्यले खगराज भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए। तर, पार्टी केन्द्रले भट्टलाई नै दलको नेता बनाउने निर्देशन दिए पनि बहुमत प्रदेश सभा सदस्यहरूले उक्त निर्देशन मान्न अस्वीकार गर्दै आएका थिए।
१४ फागुनमा सुदूरपश्चिमका सबै प्रदेश सभा सदस्यलाई खुमलटार बोलाएर छलफल गरेका अध्यक्ष प्रचण्डले पुनः भट्टलाई नै दलको नेता बनाउन निर्देशन दिएका थिए। त्यसयता पहिलोपटक प्रदेश सभा सदस्यहरू सामूहिक छलफलमा बसेका हुन्।
छलफलमा भट्टलाई दलको नेता बनाउँदा अन्य नेताहरूको व्यवस्थापन कसरी गर्ने? भन्ने विषयमा समेत गम्भीर रूपमा चर्चा गरिएको थियो।
आइतबारको छलफलपछि लामो समयदेखिको संवादहीनताको अवस्था अन्त्य भएको नेताहरूको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण