अभिनेत्री दीया मास्केको आग्रह : फिल्ममा गएकाहरू नाटकमा फर्किनुस्
काठमाडौँ । अभिनेत्री दीया मास्केले नाटकबाट फिल्ममा गएका कलाकारलाई नाटकमा फर्किन आग्रह गरेकी छन् । जग नाटक भएकोले अहिले फिल्ममा पाएको पपुलारिटीले नाटकलाई पनि फाइदा पुग्ने उनको भनाई छ ।
‘व्यावसायिक भनेको पैसा कमाउनु मात्र होइन । थिएटर पैसा कमाउने माध्यम पनि होइन’, उनले भनिन् ‘व्यावसायिकता भनेको हामीले कति क्वालिटीका काम गर्छौँ, त्यो होला ।’ उनले लोकप्रिय नभए पनि समाजलाई रूपान्तरण गर्न सक्ने शक्ति नाटकमा भएको धारणा राखिन् ।
‘अहिले युवापुस्ताको नाटकमा लगाव बढेको बताइन्छ । फिल्ममा धेरै कलाकारले ख्याति पाए । त्यसकारण ८० प्रतिशत विद्यार्थी यही सोचेर नाटकमा आएका छन्’, उनले थपिन् ‘फिल्ममा जानु भएको पनि फर्किने समय आयो ।’
टीकापुरमा आयोजित टीकापुर साहित्य महोत्सवमा दीयाले कलाकार फिल्मबाट नाटकमा फर्किन आग्रह गर्दा सुनील पोखरेलले रङ्गमञ्च अझै राजमार्ग बन्न नसकेको बताए । प्यासनको कारण आफूले रङ्गमञ्च रोजेको बताएका पोखरेलले नाटक गर्दा आनन्द आउने सुनाए ।
‘अहिले सहरमा थुप्रै नाटकघरहरू छन् । त्यसको सुरुवात गुरुकुलबाटै थियो,’ उनले भने ‘नाटकले मानिसहरूलाई बाँच्न सिकाउँछ ।’ उनले नाटकले व्यक्तिलाई फराकिलो बनाउँदै, सहिष्णु र असहमतिहरूलाई झेल्ने शक्ति दिने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण