पाकिस्तानी राजदूतलाई अमेरिकाले गर्यो ‘डिपोर्ट’, विमानस्थलबाटै फिर्ता
वासिंटन । अमेरिकाले पाकिस्तानी राजदूतलाई विमानस्थलबाटै ‘डिपोर्ट’ गरेको छ । अमेरिका प्रवेश गर्न खोजेका पाकिस्तानी राजदूतलाई लस एन्जलस विमानस्थलबाटै फर्काइएको हो ।
समाचार एजेन्सीहरूका अनुसार तुर्कमेनिस्तानका लागि पाकिस्तानी राजदूत केके अहसान वगानलाई अमेरिकाले लस एन्जलस विमानस्थलबाटै फर्काइदिएको हो । उनी तुर्कमेनिस्तानबाट अमेरिका गएका थिए ।
अमेरिकी अध्यागमन कर्मचारीले राजदूत वगानलाई विमानस्थलमा रोकेका थिए । उनीसँग प्रवेशाज्ञा र आवश्यक कागजात रहे पनि फिर्ता पठाइएको बताइन्छ । उनी निजी भ्रमणका लागि अमेरिका जाँदै थिए ।
पाकिस्तानका विदेशमन्त्री इशाक डार र विदेश सचिव अमीना बलोचलाई उक्त घटनाका बारेमा जानकारी गराइएको छ । पाकिस्तानी विदेश मन्त्रालयले लस एन्जलसस्थित पाकिस्तानी वाणिज्य दूतावास (कन्सुलेट) कार्यालयलाई यसबारे जाँच गर्न आदेश दिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
राजदूत वगान लामो समयदेखि पाकिस्तानको विदेश सेवामा कार्यरत छन् । उनले काठमाडौँस्थित पाकिस्तानी दूतावासमा द्वितीय सेक्रेटरीका रूपमा पनि काम गरेका थिए । यस अतिरिक्त उनले लस एन्जलसस्थित पाकिस्तानी वाणिज्य दूतावासमा पनि काम गरेका थिए । उनले मस्कटमा पाकिस्तानी राजदूतका रूपमा काम गर्नुका साथै नाइजरस्थित दूतावासमा पनि काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण