अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
मङ्गलबार, २७ फागुन २०८१, ११ : १३
अमेरिका । अमेरिकामा विमान दुर्घटनाको शृङ्खला जारी छ । मिसिसिपीमा एउटा हेलिकप्टर दुर्घटनामा परेको खबर छ ।
सोमबार मेडिकल ट्रान्सपोर्ट हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा एक जना पाइलट र अस्पतालका दुई कर्मचारीको मृत्यु भएको हो ।
मिसिसिपी मेडिकल सेन्टर विश्वविद्यालयका प्रवक्ताले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरेका छन् । म्याडिसन काउन्टीमा दुर्घटना हुँदाको समयमा हेलिकप्टरमा कोही पनि बिरामी सवार नरहेको विश्वविद्यालयले पहिलेको एक विज्ञप्तिमा भनेको थियो ।
दुर्घटनामा मृत्यु भएका तीन जनाको परिवारलाई जानकारी गराइएको छ । तर गोपनीयताका कारण अधिकारीहरूले उनीहरूको नाम सार्वजनिक गरेका छैनन् । विश्वविद्यालयले दुर्घटनाको कारण बताएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
-
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण