अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
मङ्गलबार, २७ फागुन २०८१, ११ : १३

अमेरिका । अमेरिकामा विमान दुर्घटनाको शृङ्खला जारी छ । मिसिसिपीमा एउटा हेलिकप्टर दुर्घटनामा परेको खबर छ ।
सोमबार मेडिकल ट्रान्सपोर्ट हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा एक जना पाइलट र अस्पतालका दुई कर्मचारीको मृत्यु भएको हो ।
मिसिसिपी मेडिकल सेन्टर विश्वविद्यालयका प्रवक्ताले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरेका छन् । म्याडिसन काउन्टीमा दुर्घटना हुँदाको समयमा हेलिकप्टरमा कोही पनि बिरामी सवार नरहेको विश्वविद्यालयले पहिलेको एक विज्ञप्तिमा भनेको थियो ।
दुर्घटनामा मृत्यु भएका तीन जनाको परिवारलाई जानकारी गराइएको छ । तर गोपनीयताका कारण अधिकारीहरूले उनीहरूको नाम सार्वजनिक गरेका छैनन् । विश्वविद्यालयले दुर्घटनाको कारण बताएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण