कर्णालीमा कांग्रेस सांसदको माग : हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाऔँ
सुर्खेत । पटक–पटक सरकारसँग असन्तुष्टि व्यक्ति गर्दै आएको सत्तारुढ दल नेपाली कांग्रेसले पुनः सरकार छाड्नुपर्ने बताएको छ । एमाले नेतृत्वको सरकारमाथि प्रश्न उठाउँदै कांग्रेस सांसद कृष्णकुमार विसीले आफ्ना (कांग्रेस) मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका हुन् ।
बुधबार बसेको प्रदेश सभा बैठकमा आक्रोशित हुँदै विसीले भने, ‘म दलको नेतालाई भन्न चाहन्छु, नेपाली कांग्रेसले अपजसमात्रै खप्नुपर्ने हो भने, हामी मगन्ते नै भइरहने हो भने सरकारलाई दिएको समर्थन यथावत् राखेर सरकारमा गएका हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्छ ।’
उक्त विषयमा गम्भीर रूपमा सोच्न उनले दल नेता जीवनबहादुर शाहीलाई आग्रह गरे । साथै सरकारबाट धेरै कामहरू रोकिएको भन्दै उनी आक्रोशित भए
उनले कँडेल नेतृत्वको सरकारले जनताको आशामाथि तुसारापात गरिरहेको आरोप लगाए ।
सत्तारुढ दलले नै सरकारमाथि प्रश्न उठाउने अवस्था आएको भन्दै विसीले यसअघि सरकारसँग गरेका सम्झौताहरू कुनै कार्यान्वयन नभएको बताए ।
कर्णालीमा कांग्रेसले सरकार छाड्नुपर्ने बताएको यो पहिलो पटक भने होइन । यसअघि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संसदबाटै सरकार छाड्ने धम्की दिएका थिए ।
केही दिनअघि मात्रै आकस्मिक बैठक बसेर सरकार छाड्ने बारे आन्तरिक छलफल नै गरेको बताइएको थियो । फेरि मुख्यमन्त्री कँडेलको कार्यक्षमतामाथि प्रश्न उठाउँदै सरकार छाड्नुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण