अल्भारेज विवादपछि यूईएफएले पेनाल्टीको नियमबारे छलफल गर्ने
एजेन्सी
नियोन । च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडका जुलियन अल्भारेजको पेनाल्टीलाई रद्द गरिएपछि युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पेनाल्टीको नियमबारे छलफल गर्ने भएको छ ।
प्रतियोगिताको अन्तिम १६ अन्तर्गत रियल मड्रिडविरुद्धको पेनाल्टी सुटआउटमा अल्भारेज चिप्लिँदै पेनाल्टी प्रहार गरेका थिए । उनको प्रहार गोलमा परिणत भए पनि भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले अर्जेन्टिनी खेलाडीले बललाई दुई पटक छोएको बताउँदै सो गोल रद्द गरेको थियो ।
यूईएफएले बिहीबार पेनाल्टीबारे नियम सो खेलमा सही रूपमा लागू भएको बताए पनि पेनाल्टीका वर्तमान नियमहरूबारे इन्टरनेसनल फुटबल एसोसिएसन (आईएफएबी) र फिफासँग ‘नियतबिना दुई पटक बल छोएको’ बारेमा छलफल गर्ने जानकारी दिएको छ ।
आईएफएबीको पेनाल्टीबारे धारा १४.१ मा अर्को खेलाडीले बल नछोएसम्म कुनै पनि पेनाल्टी प्रहार गर्ने खेलाडीले पुनः बल छुन नपाउने उल्लेख गरिएको छ । हालको नियमअनुसार भीएआरले सो गोललाई रद्द गर्ने निर्णय गरेको पनि यूईएफएले स्पष्ट पारेको छ ।
एट्लेटिकोले सबै प्रतियोगितामा रियलविरुद्ध भएका सबै ६ वटा पेनाल्टी सुटआउट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण