क्यानाडाको प्रधानमन्त्रीका रुपमा कार्नीको पहिलो भाषण, ‘ट्रम्पको अनुहार तत्काल नहेर्ने’
काठमाडौं । प्रधानमन्त्री निर्वाचित मार्क कार्नीले क्यानाडा कहिल्यै पनि अमेरिकाको राज्य वा भूभाग नबन्ने बताएका छन् । प्रधानमन्त्रीको रुपमा पहिलो भाषण गर्दै उनले क्यानाडा कहिल्यै पनि अमेरिकाको हिस्सा नबन्ने बताएका हुन् ।
नवनिर्वाचित कार्नी बढ्दो व्यापार युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गतिरोधको सामना गरिरहेका छन् । उनले अमेरिकासँग सम्मानको आशा रहेको बताएका छन् । कार्नीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै ५१ औं राज्यका सन्दर्भमा गरेको टिप्पणीलाई ‘पागलपन’ भनेका छन् ।
प्रधानमन्त्री कार्नीले आफ्नो पहिलो विदेश भ्रमण फ्रान्स र बेलायत हुने बताएका छन् भने हाललाई ट्रम्पसँग भेट्ने कुनै योजना नरहेको जनाएका छन् । भेटघाटको कुनै योजना नबनेको भए पनि ट्रम्पसँग कुराकानी गर्न भने उत्सुक रहेको धारणा व्यक्त गरेका छन् ।
क्यानाडामा आम निर्वाचन हुने विश्वास लिइए पनि कहिले हुने भन्नेबारे उनले कुनै कुरा बताएनन् । ठट्टा गर्दै उनले क्यानेडेलीहरुले नोभेम्बर भन्दा पहिले मतदानको आशा गर्न सक्ने भाषणवाजी गरे ।
कार्नीको भाषणपछि विपक्षी नेता पियरे पोलीवरेले लिबरल एक अर्को कार्यकालका लागि लायक नरहेको टिप्पणी गरेका छन् । उनले भने, ‘कार्नीको नयाँ क्याविनेट उनैले भरिएको छ, जसले जस्टिन ट्रुडोको मातहतमा काम गरेका थिए ।’ यसमा नौलो केही छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण