आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
वासिङ्टन डीसी । अमेरिकामा आँधीले ठुलो विनाश मच्चाएको छ । यस आँधीमा तीन जनाको मृत्यु भइसकेको छ । कयौँ राज्यहरूमा आँधीका कारण सडकमा पार्क गरिएका ट्रकहरू पल्टिएका छन् ।
यसबाहेक कयौँ जङ्गलहरूमा डढेलो फैलिन थालेको छ । मसौरीमा कम्तीमा पाँच पटक आँधीबेहरी आएर गएको बताइएको छ । शनिवार मिसिसिपी उपत्यका र दक्षिणमा खतराको चेतावनी जारी गरिएको छ ।
राष्ट्रिय मौसम सेवाले देशको ठुलो भागमा मौसम बिग्रने चेतावनी दिएको छ । क्यानडाको सिमानादेखि टेक्साससम्म १३० किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चल्ने अनुमान गरिएको थियो ।
टेक्सास प्यानह्यान्डलमा आँधीका कारण भएको कार दुर्घटनामा शुक्रवार तीन जनाको मृत्यु भएको राज्यको सार्वजनिक सुरक्षा विभागकी सार्जेन्ट सिन्डी बार्कलेले बताइन् ।
यसैबिच ओक्लाहोमा वन सेवाका अग्नि व्यवस्थापन प्रमुख एन्डी जेम्सले ओक्लाहोमामा लगभग १५० वटा आगलागी भएको रिपोर्ट भएको बताएका छन् । यसको अतिरिक्त स्टेट पेट्रोलले माइक्रो ब्लगिङ वेबसाइट एक्समा आँधीले कयौँ ट्र्याक्टर–ट्रेलर पल्टाइदिएको छ ।
मिसिसिपी र अलाबामामा शनिवार आँधीबेहरी र तीव्र गतिमा हावा चल्ने सम्भावनासहितको गम्भीर आँधीबेहरीको खतरा सप्ताहान्तभरि जारी रहने मौसमविद्हरूले बताएका थिए ।
आइतबार भारी वर्षाले पूर्वी तटका केही भागहरूमा अचानक बाढी आउन सक्ने पनि बताइएको छ । मार्चमा यस्तो विषम मौसम देख्नु असामान्य नभएको विज्ञहरूले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण