प्रतिगामी षड्यन्त्रविरुद्ध सशक्त प्रतिकार गर्ने नेसपाको निर्णय
काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्त्वहरू सलबलाएको निष्कर्ष निकाल्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार काठमाडौँमा बसेको पार्टीको कार्यकारिणी बैठकले गणतन्त्रको रक्षाका निम्ति सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।
यसैगरी अहिलेको जटिल परिस्थितिमा समाजवादी मोर्चा, नेपालले गणनन्त्रको रक्षाका निम्ति २०८१ चैत १५ गते काठमाडौँमा गर्न लागिएको विशाल विरोध प्रदर्शनमा पार्टी सशक्त रूपमा प्रतिबद्ध भएर लाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको महासचिव रमेशप्रसाद यादवले रातोपाटीलाई बताए ।
‘हाम्रो पार्टीले पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गरेको छ । जनसभा र विरोध प्रदर्शनमा हाम्रो पार्टी सशक्त रूपमा लाग्ने प्रतिबद्धता जनाएको छ । पार्टीका सम्पूर्ण पङ्क्तिलाई सशक्त रूपमा परिचालित हुन विशेष निर्देशन गरेको छ । साथै प्रतिगमन र प्रतिक्रियावादीहरूको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपिल गर्दछ’, यादवले भने ।
यस्तो छ नेसपाको ४ बुँदे विज्ञप्ति:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण