अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट
वासिङ्टन डीसी । अमेरिकाले एल साल्भाडोरमा रहेको जेलमा २ सय भन्दा बढी मानिसलाई डिपोर्ट गरेको छ । अदालतले रोक लगाएको भए पनि युद्धको समयको शक्तिलाई पुनः ब्युँताउँदै ट्रम्प प्रशासनले आइतबार सुपर म्याक्स जेलतर्फ भेनेजुएलाको एउटा समूहका ३८३ जना मेम्बरलाई डिपोर्ट गरेको हो ।
यसरी डिपोर्ट गरिएकोमा एमएस–१३ नाम गरेको अन्तर्राष्ट्रिय ग्याङका २३ जना सदस्यहरू पनि भएको बताइएको छ । अमेरिकी सरकार र एल साल्भाडोर कसैले पनि यिनीहरूको पहिचान खुलाएको छैन । न त उनीहरू संलग्न अपराध र ग्याङको सदस्यताबारे नै केही जानकारी दिइएको छ ।
ह्वाइटहाउस र अदालतबिच पछिल्लो समय टकराव भइरहँदा एक जना सङ्घीय न्यायाधीशले शनिवार साँझ शताब्दीऔँ पुरानो विदेशी शत्रु ऐनलाई प्रयोग गर्न सक्ने प्रशासनको क्षमतामा रोक लगाएका थिए । त्यस्ता आप्रवासी बोकेर गएको विमानलाई अमेरिका फर्काउन मौखिक आदेश पनि दिइएको थियो ।
‘उप्स.... अब त ढिला भइसक्यो,’ सुनवाइप्रति इंगित गर्दै एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलीले सामाजिक सञ्जालमा भनेका थिए । यो पोस्टमा अट्याच गरिएको भिडियोमा हात खुट्टामा सिक्री र साङ्लो बाँधेर लाइनमा मानिसहरू उभिरहेका छन् । यिनीहरूलाई विमानबाट सशस्त्र अधिकारीहरूले इस्कोर्ट गरेर लगिरहेको देखिएको छ ।
अदालतको सुनवाइको उल्लङ्घन गरेको कुराको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले अस्वीकार गरेकी छिन् । अदालतको आदेशको पालना गर्न प्रशासनले अस्वीकार नगरेको उनको भनाइ थियो ।
न्यायाधीशको अस्थायी रोकको फैसला १४ दिनसम्म रहनेछ । न्यायाधीशको फैसला मिचेको हो भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोध्दा यसबारे वकिलहरूलाई सोध भन्ने जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण