मधेस प्रदेश
चोकको नाम राख्ने विषयमा धनुषामा विवाद, प्रहरीले चलायो गोली
सोमबार, ०४ चैत २०८१, १५ : ५७
जनकपुर । धनुषाको सबैला नगरपालिकामा सोमबार चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली चलाएको छ । नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।
भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सबैला नगरपालिकाका सन्तोष यादव घाइते भएको धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।
कम्मरमुनी गोली लागेका घाइते यादवको अवस्था गम्भीर रहेको मधेस प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिए । चोकको नामाकरणका विषयमा भएको विवादले उग्ररुप लिएपछि भीड नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले दाबी गरेको छ ।
घाइतेको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण