मधेस प्रदेश
चोकको नाम राख्ने विषयमा धनुषामा विवाद, प्रहरीले चलायो गोली
सोमबार, ०४ चैत २०८१, १५ : ५७

जनकपुर । धनुषाको सबैला नगरपालिकामा सोमबार चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली चलाएको छ । नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।
भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सबैला नगरपालिकाका सन्तोष यादव घाइते भएको धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।
कम्मरमुनी गोली लागेका घाइते यादवको अवस्था गम्भीर रहेको मधेस प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिए । चोकको नामाकरणका विषयमा भएको विवादले उग्ररुप लिएपछि भीड नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले दाबी गरेको छ ।
घाइतेको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’