कमल थापाले पनि बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अध्यक्ष थापाले मंगलबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको महामन्त्री राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार बैठकमा सोमबार घोषणा भएको ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बारे छलफल हुनेछ । उक्त समितिको निर्देशक समितिमा कमल थापालाई पनि राखिएको छ । तर, सो समितिमा आफू रहेको बारे जानकारी नभएको थापाले बताएका छन् । सो समितिलाई स्वीकार गर्ने या नगर्ने भन्नेबारे आजको बैठकले टुंगो लगाउने बर्तौलाले बताए ।
यसबाहेक बैठकमा आन्दोलनको स्वरुप र भावी रणनीति निर्माणको विषयमा पनि छलफल हुनेछ । आजै अर्को राजावादी पार्टी राप्रपाको पनि कार्यसम्पादन समिति बैठक छ । सो पार्टीका अध्यक्ष लिङ्देनले पनि आफूसँग छलफल बिनै आन्दोलन समिति बनाइएको भनेर असन्तुष्टि पोखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण