कमल थापाले पनि बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अध्यक्ष थापाले मंगलबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको महामन्त्री राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार बैठकमा सोमबार घोषणा भएको ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बारे छलफल हुनेछ । उक्त समितिको निर्देशक समितिमा कमल थापालाई पनि राखिएको छ । तर, सो समितिमा आफू रहेको बारे जानकारी नभएको थापाले बताएका छन् । सो समितिलाई स्वीकार गर्ने या नगर्ने भन्नेबारे आजको बैठकले टुंगो लगाउने बर्तौलाले बताए ।
यसबाहेक बैठकमा आन्दोलनको स्वरुप र भावी रणनीति निर्माणको विषयमा पनि छलफल हुनेछ । आजै अर्को राजावादी पार्टी राप्रपाको पनि कार्यसम्पादन समिति बैठक छ । सो पार्टीका अध्यक्ष लिङ्देनले पनि आफूसँग छलफल बिनै आन्दोलन समिति बनाइएको भनेर असन्तुष्टि पोखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)