कृषिको आधुनिकीकरण गरी खाद्यान्न आयातको अवस्था अन्त्य गर्नुपर्छः प्रधानमन्त्री
बिहीबार, ०७ चैत २०८१, २० : ०५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिप्रधान मुलुक नेपालले जिविकाका लागि पनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दुरावस्था फेर्नुपर्नेमा जोड दिएका छन् ।
दक्षिण एसियाली किसान सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा सम्लग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउन सक्ने अवस्था हुन नसकेको बताए । युवाहरुलाई विदेश पलायन हुन रोकेर साना साना उद्योगमार्फत आधुनिक कृषिको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।
सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान सङ्गठनका प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनमा दक्षीण एसिया क्षेत्रमा रहेका किसानहरुले भोगिरहेका समस्या र ती समस्या समाधानका विषयमा बृहत छलफल गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण