ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले आफ्नो चुनावी अभियानको क्रममा मन्त्रालय खारेज गर्ने वाचा गरेका थिए । ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौँ,’ बिहीबार आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने।
मन्त्रालयले अमेरिकालाई कुनै फाइदा गरी नरहेको उनले बताएका थिए । ट्रम्पले लामो समयदेखि मन्त्रालय खारेज गर्न माग गर्दै आएका थिए । तर यसलाई पूर्ण रूपमा बन्द गर्न उनलाई अमेरिकी संसद कांग्रेसको अनुमोदन चाहिन्छ । यो सम्भव नभएको बताइएका छ ।
ट्रम्पले हालै भारी मात्रामा मन्त्रालयका कर्मचारी कटौतीको घोषण गरेका थिए । ती कर्मचारी र मन्त्रालय बन्द भएपछि निकालिने अरू सबै कर्मचारीबाट ट्रम्पले कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ । ‘अन्य कुनै पनि देशको तुलनामा शिक्षामा अमेरिकाले निकै धेरै पैसा खर्च गर्दछ, तर यति हुँदा हुँदै पनि विद्यार्थीहरूको सफलता निकै कम छ ।’ ट्रम्पले भने ।
अमेरिकामा शिक्षा मन्त्रालयले विद्यालयको पाठ्यक्रम तय गर्दैन । यसले कलेज र विश्वविद्यालयका विद्यार्थीहरूको लागि सङ्घीय विद्यार्थी ऋण व्यवस्थापन गर्ने र कम आय भएका अनि शारीरिक रूपमा अशक्त विद्यार्थीहरूलाई सहयोग प्रदान गर्ने जिम्मेवारी बहन गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण