साउदीमा वार्ताको तयारी भइरहँदा युक्रेनमा रुसद्वारा घातक ड्रोन आक्रमण
काठमाडौं । साउदी अरेबियामा युद्धविरामको औपचारिक सहमतिका लागि वार्ताको तयारी भइरहँदा रुसले युक्रेनमा घातक ड्रोन आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार युक्रेनको जापोसिज्जया शहरमा रुसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ । सो ड्रोन आक्रमणमा अन्य १२ जना घाइते भएका छन् ।
क्षेत्रीय गभर्नर इवान फेडोरोभका अनुसार आवासीय क्षेत्रमा भएको आक्रमणले घर भवन संरचना, कार तथा सार्वजनिक स्थलमा क्षति पुगेको छ । तस्विरमा जीवित रहेका व्यक्तिहरुको खोजी गरिरहेको देखिएको छ ।
तीन वर्षदेखि चलिरहेको युद्ध रोक्न भन्दै सोमबार रुस र युक्रेनी प्रतिनिधिमण्डलले साउदी अरेबियामा अमेरिकी अधिकारीहरुको रोहवरमा भिन्दा–भिन्दै बैठक गर्ने तयारी भइरहँदा रुसले ड्रोन आक्रमण गरेको हो ।
हाल रुस युक्रेन सैद्धान्तिक रुपमा सिमित युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सम्बन्धित देशका नेतासँग गरेको संवादले सकारात्मक वातावरण निर्माण भए पनि वास्तविक लक्ष्यमा को कति प्रतिवद्ध हुनेछन् भन्ने अझै पनि अन्योल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण