अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
आइतबार, १० चैत २०८१, ०९ : २२
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि निर्वाचन हुन लागेको हो। बिहानदेखि नै सहज रूपमा मतदान सुरु भएको छ ।
चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अन्तिममा आएर स्थगित भएको थियो। अखिल क्रान्तिकारीले चैत ४ गते राति हाेस्टेलमा फर्जी विद्यार्थी बसिरहेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो। जसले गर्दा स्ववियु निर्वाचन स्थगित भएको थियो।
तत्काल स्ववियु निर्वाचन गराउनुपर्ने माग राख्दै अनेरास्ववियुले अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले निर्वाचनका बाँकी प्रक्रिया तत्काल अघि बढाउन आदेश जारी गरेको थियो। त्यसपछि बसेको सर्वदलीय बैठकले चैत १० गतेका स्ववियु निर्वाचनको मिति तोकेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण