अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
आइतबार, १० चैत २०८१, ०९ : २२

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि निर्वाचन हुन लागेको हो। बिहानदेखि नै सहज रूपमा मतदान सुरु भएको छ ।
चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अन्तिममा आएर स्थगित भएको थियो। अखिल क्रान्तिकारीले चैत ४ गते राति हाेस्टेलमा फर्जी विद्यार्थी बसिरहेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो। जसले गर्दा स्ववियु निर्वाचन स्थगित भएको थियो।
तत्काल स्ववियु निर्वाचन गराउनुपर्ने माग राख्दै अनेरास्ववियुले अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले निर्वाचनका बाँकी प्रक्रिया तत्काल अघि बढाउन आदेश जारी गरेको थियो। त्यसपछि बसेको सर्वदलीय बैठकले चैत १० गतेका स्ववियु निर्वाचनको मिति तोकेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म