कलङ्की घटना : दुई समूहबिच झडप हुँदा मृत्यु हुने युवकको सनाखत
होलीको विषयमा विवाद हुँदा झडप
सोमबार, ११ चैत २०८१, २२ : २०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोले छन् । उनको उपचारको क्रममा सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
होलीको विषयलाई लिएर झगडा हुँदा २१ वर्षीय रोहित खड्का, विनय लामा र पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्काले अर्को पक्षलाई प्रहार गरेका हुन् । उनीहरूको आक्रमणमा परेर मृतक गोले समूहका ३ जना घाइते भएका छन् ।
झडपमा परेर घाइते हुनेमा नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, हेटौँडा घर भएर पुरानो नैकाप बस्ने पवन तामाङ ‘चक्रे’ र चन्द्रागिरि घर भएका २२ वर्षीय पासाङ शेर्पा छन् । उनीहरूको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा युवती बलात्कृत, एकजना पक्राउ
-
शिक्षा विधेयक र शिक्षकका समस्या समाधानमा माओवादीले पहल गर्ने
-
लोकतन्त्र आउनुमा ‘राजा ज्ञानेन्द्रको भूमिका’
-
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
२०६३ वैशाख ११ गते सम्बोधनमा के भनेका थिए ज्ञानेन्द्र शाहले ?