दुर्घटनामा घाइते भइन् सोनू सुदकी पत्नी
नयाँ दिल्ली । बलिउड अभिनेता सोनु सूदको श्रीमती दुर्घटनामा परेकी छिन् । दुर्घटना मुम्बई नागपुर राजमार्गमा भएको हो । सुदकी श्रीमती सोनालीको कार मुम्बई नागपुर समृद्धि राजमार्गमा दुर्घटनामा परेको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
उनी आफ्नी बहिनी र भदाको साथमा यात्रा गर्दै थिइन् । अचानक उनको कार दुर्घटनामा पर्यो । हाल उनको नागपुरको म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।
यो घटना सोमबार राति भएको हो । गाडी सोनालीको भदाले चलाइरहेका थिए । अचानक उनीहरूको कार ठोक्कियो र दुर्घटना भयो । सोनालीलाई सामान्य चोटपटक लागेको र डाक्टरहरूले उनलाई ४८ देखि ७२ घण्टासम्म निगरानीमा राख्न भनेका छन् ।
श्रीमतीको दुर्घटनाबारे थाहा हुने बित्तिकै सोनु सूद अस्पताल पुगेका थिए ।
सोनु सुदकी श्रीमती लाइमलाइटबाट टाढै रहन्छिन् । उनको जन्म नागपुरमा भएको थियो । उनले एमबीए गरेकी छिन् । अहिले उनी निर्माता बनेकी छिन् । साथै उनले घर र छोराहरू पनि हुर्काएरहेकी छिन् । सोनु सूद र सोनाली सूदका दुई सन्तान छन् । यिनीहरूको नाम इशान्त र अयान हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण