सडकको स्तरअनुसार रुट अनुमति दिनुपर्छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायातको पहुँच र प्रभाव नागरिकको जीवनमा झल्कनुपर्ने बताएका छन् । यातायात मिडिया नेटवर्कले बुधवार काठमाडौँमा आयोजना गरेको ‘सरकारको यातायात नीति –अवसर र चुनौती’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
मन्त्री दाहालले ग्रामीण क्षेत्रका बासिन्दाको समेत जीवनशैली र आर्थिक स्तर सुधारमा सहयोग पुग्ने गरी यातायातको पहुँच विस्तार गरिनुपर्ने पनि बताए । त्यसक्रममा उनले यातायात पूर्वाधार, सवारी सधान र यातायात सेवाको मापदण्डमा समय सापेक्ष सुधार तथा नयाँ मापदण्ड निर्धारण गरी कार्यान्वयन गरिने समेत बताए ।
व्यवस्थित सेवा प्रवाहका लागि रुट व्यवस्थापनलाई समेत वैज्ञानिक बनाउनुपर्नेमा र सडकको स्तरअनुसार रुट अनुमति दिइनुपर्ने उनको भनाइ छ । यातायात व्यवस्थापन, सञ्चालन र नियमलाई प्रभावकारी बनाउन नवीनतम प्रविधिमैत्री तथा वैज्ञानिक पद्धति अवलम्बन हुनेगरी आवश्यकताअनुसार कानूनी तथा संस्थागत पुनर्संरचना गरिने उनको तर्क छ ।
सहरी विकास योजना र भूउपयोगसँग सामञ्जस्य कायम राख्दै बृहत् परिवहन सहितको एकीकृत सार्वजनिक सहरी यातायात प्रणालीको विकास गरिने उनको भनाई छ । आयोजना छनौटका प्रकृयागत विधि तथा चरण पश्चात् कार्यान्वयन योग्य आयोजनाको सूची सहितको आयोजना बैङ्क तयार गरी प्राथमिकताका आधारमा क्रमशः कार्यान्वयनमा लगिने मन्त्री दाहालले बताए ।
सडक बोर्ड नेपालको सहयोगमा आयोजित कार्यक्रममा यातायात सम्बद्ध विभिन्न क्षेत्रका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण