‘देखाइदिन्छु’ भन्दै जिल्ला आयुक्त प्रमुखले धम्की दिएको आरोप, कारबाही गर्न प्राधिकरणलाई अख्तियारको पत्र
काठमाडौँ । उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौँका प्रमुख सुवास बस्नेतमाथि पदीय मर्यादा विपरीत धम्की दिएको आरोप लागेको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा बस्ने गायत्री देवी केसी वली क्षेत्रीलाई व्यक्तिगत रिसिईबी साँध्ने मनासयले धाकधम्की दिई पदीय दुरूपयोग गरी मानसिक तनाव दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतलाई कारबाही गर्न प्राधिकरणलाई पत्र लेखेको छ ।
बस्नेतले ‘देखाइदिन्छु’ भन्दै पदको दुरुपयोग गरी बेनामी उजुरी हाल्न लगाई दुःख दिने नियतले व्यक्तिका नाममा पत्र काटेको आरोप वलीको छ । वलीले गत माघ १६ गते आफूलाई बस्नेतले व्यक्तिगत रिसईबीका कारण पदको दुरुपयोग गरी धम्की दिएको भन्दै आयोगमा उजुरी दिएकी थिइन् ।
आयोगले गत माघ २६ गते नै आवश्यक कारबाही गर्न प्राधिकरणलाई ‘गोप्य’ पत्र लेखेको थियो ।
यस विषयमा बुझ्न बस्नेतलाई सम्पर्क गर्दा उनले अख्तियारले यसरी पत्र काट्नु गलत भएको बताए । सार्वजनिक जग्गा खाली गर्न खोज्दा आफूमाथि अनाहकमा आरोप लगाइएको उनको दाबी छ ।
‘हामी सार्वजनिक अतिक्रमित जग्गा संरक्षणमा लागेका छौँ । यसै सन्दर्भमा ओम अस्पातलको अतिक्रमित जग्गा संरक्षण गर्यौँ । आगामी साता धोबीखोलाको अतिक्रमित जग्गा नियन्त्रणमा लिँदैछौँ,’ उनले भने, ‘गायत्री देवीले थलीमा सार्वजनिक जग्गा अतिक्रमण गरि घर बनाएकी छिन् । त्यो खालि गर्न खोज्दा उनले अख्तियारमार्फत पत्र काट्न लगाएकी हुन् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण