राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी प्रवक्ताको नाम दुरुपयोग गरेर शुक्रवार हुने कार्यक्रमबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको आरोप लगाएको छ । सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगित हुने भनी सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको आरोप लगाएका हुन् ।
उनले यस्ता कार्यहरू निन्दनीय र आपत्तिजनक रहेको भन्दै सो कार्यको खण्डन समेत गरेका छन् । उनले त्यसबारे कोही भ्रममा नपर्नका लागि आग्रह समेत गरेका छन् ।
प्रवक्ता श्रेष्ठले भोलि चैत १५ गते काठमाण्डौको तीनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पङ्क्ति र आम जनसमुदायलाई राप्रपा हार्दिक आह्वान समेत गरेका छन् ।
राप्रपा समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन प्रतिबद्ध रहेको समेत उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण