ला लिगामा बार्सिलोनाको शानदार जित, रियाल मड्रिडसँग बढायो अंकदुरी
शुक्रबार, १५ चैत २०८१, ०५ : ३७
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । शुक्रबार विहान भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३-० ले हराएको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरान टोरेस, डेनी ओल्मो र रोवर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । यो जितसँगै बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिसँग ३ अंकको दुरी कायम गरेको छ ।
समान खेलबाट रियाल मड्रिडको ६० अंक छ । तेस्रो स्थानमा एटलेटिको मड्रिडको भने ५६ अंक छ । जम्मा एक खेलपछि लिगमा २८ औं चरणका खेल समाप्त हुने छन् । २७ औं चरण अन्तर्गत भियारियाल र इस्पानियोलबीचको एक खेल बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण