ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको अभिव्यक्तिप्रति पुटिनको पहिलो प्रतिक्रिया
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्ड कब्जा गर्ने चाहना नयाँ होइन । पहिलो कार्यकालमै ट्रम्पले यस्तो चाहना व्यक्त गरेका थिए । तर त्यतिबेला धेरैले उनको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएका थिएनन् । तर दोस्रो कार्यकालमा ट्रम्पले बारम्बार ग्रिनल्यान्ड कब्जा गर्ने भनिरहेका छन् । यसैबिच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र ट्रम्पको यो चाहनाप्रति प्रतिक्रिया जनाएका छन् ।
‘संक्षेपमा भन्नुपर्दा ग्रिनल्यान्डलाई लिएर अमेरिकाको योजना गम्भीर छ ।’ आर्कटिक सर्कलको सबैभन्दा ठुलो सहर मुर्मान्स्कमा आयोजित रुसको आकर्टिक फोरममा पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् । यी योजनाको जरा इतिहासमा रहेको पनि उनले बाए । ग्रिनल्याण्डमाथि नियन्त्रण प्राप्त गर्ने अमेरिकाको प्रयास कुनै नयाँ वा आश्चर्यजनक कदम नभएको उनले भने । अमेरिकाले पहिले नै खनिज सम्पन्न यो क्षेत्रमा चासो राख्दै आएको पुटिनले बताए ।
‘अमेरिकाले १९ औँ शताब्दीको सुरुमै ग्रिनल्याण्ड कब्जा गर्ने योजना बनाएको थियो र दोस्रो विश्वयुद्धपछि डेनमार्कबाट यसलाई किन्न पनि प्रस्ताव गरेको थियो’ पुटिनले भने । जहाँसम्म ‘ग्रिनल्यान्डको कुरा छ, यो दुई देशको मामिला हो । यसमा रुसको कुनै सरोकार छैन । ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चाहनाप्रति पुटिनले प्रतिक्रिया दिएको यो पहिलो पटक हो ।
अमेरिकाले आर्कटिक क्षेत्रमा आफ्नो भू–रणनीतिक, सैन्य र आर्थिक स्वार्थ बढाउने प्रयास गर्नेछ भन्ने कुरा स्पष्ट भएको पनि उनले बताए । चीन र रुस दुवैको नजर यस क्षेत्रको जलमार्ग र प्राकृतिक स्रोत साधनमा रहेकाले ग्रिनल्याण्डको रणनीतिक महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ । यसैबिच, रुसी राष्ट्रपतिको यो भनाइले धेरै सङ्केतहरू दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण